Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • कुशु र उत्तम को कौडा गीत ‘सानान्नी” सार्बजनिक

    कलिउड अपडेट ।
    युवा गायक तथा संगीतकार उत्तम थापा मगर र गायिका कुशु गुरुङले ”सानान्नी” बोलको कौडा गीतकाे रमाइलो भिडियाे सार्वजनिक गरेका छन । उत्तमकै शब्द संगीतमा रहेकाे उक्त गीतलाइ दुर्गा गुरुङले एरेन्ज गरेका छन ।

    फरक फरक शैलीका गीत गाउन सिपालु उत्तमले यसपाली गण्डकी प्रदेशको लोकप्रिय भाका कौडागीतमा आफ्नो क्रियसन प्रस्तुत गरेका हुन् ।
    अभिज बज्राचार्यको क्यामेरा सुप्रिम पराजुलीको सम्पादन रहेको ”सानान्नी”को म्युजिक भिडियोलाई चित्र मगरले निर्देशन गरेका हुन
    नायिका आरुषी मगर र उत्तम थापामगरको अभिनय रहेको भिडियोमा बिशेषगरी कौडा नृत्यलाइ देखाउन खोजिएको छ
    २०६५ सालदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भएका संगीतकर्मी उत्तमले यसअघि आधुनिक तथा सुगम शैलीमा आधारित चार वटा एकल गीति एल्बम र दर्शक तथा स्रोतामाझ ल्याइसकेका छन् । उनकाे मै काले, विदेशीएकाे, आखा भरि, मैच्याङकाे गालैमा, जाेर मादल र मगर भाषाकाे गीत ‘साली’ चर्चित रहेका छन ।
    ललितकला क्याम्पसमा संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका संगीतकर्मी मगर भारतको इलाहावाद संगीत विद्यालयबाट छैटौं वर्षको अध्ययन पूरा गरिसकेका छन् । वर्ष २०६७ र ६८ मा उनले त्यहाँबाट स्वर्ण पदक पनि प्राप्त गरेका थिए ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4