Like us on facebook

Advertisements

  • ‘कुर्बान’को ‘भेट भको बेलैमा, फोटो खिचे मोबाइलमा’ सार्वजनिक

    पुस १९ , कलिउड अपडेट । 

    नयाँ नेपाली चलचित्र ‘कुर्बान’को ‘भेट भको बेलैमा, फोटो खिचे मोबाइलमा’ बोलको गीत सार्वजनिक भएको हो । दयाराम पाण्डेका शब्द, टंक बुढाथोकी र जुना प्रसाईंको स्वरमा सजिएको गीतमा बुढाथोकी स्वयम्ले संगीत भरेका छन् ।   चर्चित नृत्य निर्देशक शंकर बिसीको निर्देशनमा प्रज्वल गिरी र सोनिया गिरीलगायतले दमदार नृत्य गरेका छन् ।

    kurban

    कुर्बान चलचित्रमा प्रज्वल र सोनियासँगै अभय चन्द, लय संग्रौला, पुष्कर भट्ट, खुस्बु पौडेल, किरण थापा, घनश्याम गिरी, रेसम फिरिरि, राकेश गिरी, जयना कुँवरलगायतको अभिनय रहेको छ ।

    गीत सार्वजनिक कार्यक्रममा उत्साहित भएर उपस्थित भएका नायक प्रज्वल गिरीले भने, ‘अहिलेसम्म धेरै चलचित्रमा अभिनय गरेँ । तर, कुर्बान चलचित्रत्रले मेरो करियरलाई नै बदल्ने विश्वास लिएको छु ।’

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4