कलिउड अपडेट ।
चर्चित गायक कुमार सानुको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक कुमार सानुको ‘सयौं जुनी सँगै…’बोलको गीत र भिडियो सार्वजनिक गरिएको हो । कृशु क्षेत्रीको शब्द सृजना रहेको सो गीतमा युग भुसालको संगीत रहेको छ ।
प्रेम भावमा रहेको सो गीतको भिडियोलाई भने दीलिप समनले निर्देशन गरेका छन् । जसमा निराजन प्रधान र अस्मिता लामिछानेको दमदार अभिनय रहेको छ । गीतको शब्द, स्वर र संगीतले जति मन छुने खालको त्यत्ति नै दमदार निराजन र अस्मिताको अभिनय छ ।