Like us on facebook

Advertisements

  • पुरीले चलाउन थाले कुमारी हल

    kumari
    चैत्र २७ , कलिउड अपडेट ।
    खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेल बजारमा लामो समय देखी बन्द अवश्थामा रहेको कुमारी चलचित्र भवन पुनः सञ्चालनमा आउने भएको छ । दिक्तेल बजारमा ३ वटा हल भएता पनी अहीले कुनै पनी हल सञ्चालनमा छैनन । तर अब भने कुमारी चलचित्र हलले खोटाङ्गे दर्शकहरुको मनोरञ्जनको आवश्यकतालाई मध्यनजर गर्दैनियमीत चलचित्र प्रदर्शन गर्ने भएको छ । हललाई चलचित्र लेखक प्रकाश पुरीको नेतृत्वमा नयाँ समुहले सञ्चालन गर्ने भएको हो ।
    नेपाली चलचित्रको बजार बिस्तारमा सहयोग गर्ने र खोटाङ्गमा पनी चलचित्र हेर्ने वातावरणको श्रृजना गराउने मुख्य उदेश्यले हल सञ्चालनमा ल्याईएको लेखक पुरीले बताए । ३०० सीट क्षमता भएको उक्त हललाई पहाडी ईलाका कै सबै भन्दा ठुलो र व्यवश्थीत हल मानीन्छ ।उक्त हलमा नयाँ बर्षको अवसर पारेर यही बैशाख १ गते देखी छविराज ओझाको निर्माण र ऋषी लामीछानेको निर्देशन रहेको प्रतिक्षीत चलचित्र हवल्दार सुन्तलीबाट प्रदर्शन सुरु गरीने भएको छ । प्रथम प्रदर्शनमा हवल्दार सुन्तलीका कलाकारहरुको पनी उपस्थिती रहने जनाईएको छ ।
    पछील्लो समय दिक्तेल बजार सम्म पुग्नको लागी सबै तिरबाट यातायातको सहज पहुँच, स्कुल, क्याम्पस र विश्वविद्यालय गरी १० वटा भन्दा बढी शिक्षण संस्थाहरु र युवा पुस्ताहरुमा सोसल मीडीयाको राम्रो प्रभावले गर्दा पनी दिक्तेल बजारमा फिल्म हलको राम्रो सम्भावना देखीन्छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4