माघ १३ , कलिउड अपडेट ।
रिलिजको १३ दिन बाँकि रहदा चलचित्र कृ यूनिट एक रोमान्टिक गीत छायांकन गर्न स्कटल्याण्ड उडेको छ । स्कटल्याण्ड जाने टिममा नायक अनमोल केसि नायिका अदिती बुढाथोकी, निर्माता द्वय भुवन केसी र सुबास गिरी, निर्देशक सुरेन्द्र पौडेल, छायाँकार पुरुषोत्तम प्रधानसहित फिल्मको जम्बो टिम स्कटल्याण्ड उडेको हो । साथमा भुवन केसि संगै ‘लिभिङ टूगेदर’ मा रहँदै आइरहेकी जीया केसी पनि स्कटल्याण्ड उडेकि छिन् ।
माघ १७ गते यो टिम काठमाडौं फर्किदैछ । हतारहतारमा चलचित्रको एक रोमान्टिक गीत किन छायांकन गरिदैछ भन्ने चाहि अचम्मको कुरा रहेको छ ।
ट्रेलर र ‘यति यति पानी’ बोलको गीत सार्वजनिक पछि चलचित्रको चर्चा धेरै हुदै आएको छ । यो चलचित्रमा अनमोल र अदितीका अलावा सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।