पुस १ , कलिउड अपडेट ।
शुक्रबार साँझ रिलिज भएको ट्रेलरले सवै रेकर्ड ब्रेक गरेको छ । छोटो समयमा धेरै व्यक्तिले यूटुवमा कृ को ट्रेलर हेरेका छन् भने छोटो समयमा नै ट्रेन्डिङ नं १ मा आइपुगेको छ ।
चलचित्र कृ बाट नेपाली चलचित्र क्षेत्रले धेरै आशा राखेको छ । कृ को ट्रेलर रिलिज पछि फिल्म क्षेत्रलाइ नजिक बाट नियाल्ने व्यक्तिहरु अव नेपाली फिल्मको मेकिङ र स्तर दुवै बढ्ने बिश्वास लिन्छन् । अनमोल केसिलाइ सधै हिरोइनको अघि पछि हिड्ने लभरव्वाइको क्यारेक्टरमा देखेका दर्शकले लामो समय पछि एक्सन अवतारमा अनमोललाइ देख्ने छन् । ट्रेलर रिलिज हुदै नेपाली सिनेजगतमा तरंग पैदा भएको छ भने फिल्म रिलिज पछि अहिले सम्म रिलिज भएका अधिकांश सवै फिल्मले बनाएको रेकडै ब्रेक गर्ने सम्भावना पनि देखिएको छ ।
सुभास गिरि र भुवन केसिको निर्माणमा तयार चलचित्र कृ लाइ सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसि संगै अदिति बुढाथोकि , अनुप बिक्रम शाहि , रुपा राना , सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र माघ २६ बाट प्रर्दशन हुदैछ ।