असार १३ , कलिउड अपडेट ।
चलचित्र मोक्ष बाट नायकको रुपमा डेव्यू गरेका गायक तथा कम्पोजर कोशिस क्षेत्रि एक कुशल कलाकार हुन् । मोक्ष जोडि कोशिस र नायीका बेनिशा हमाल एक भिडियोमा संगै देखिएका छन् ।
नवराज श्रेष्ठको आवाज रहेको के अर्थ बोलको गितको भिडियो रिलिज भएको एक सातामा यूटुवमा ५६ हजारले सो भिडियो हेरिसकेका छन् । सुलभ श्रेष्ठ निर्देशित म्युजिक भिडियोमा निमुखा युवराजको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् ।