Like us on facebook

Advertisements

  • दर्दनाक कथा बोकेको ‘कोपिला’को ट्रेलर सार्वजनिक

    कलिउड अपडेट ।
    चलचित्र ‘कोपिला’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरमा कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि भएको हत्याको बिषय प्रस्तुत गरिएको छ । बलात्कार पछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थीति ट्रेलरमा देखाईएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सरिता गिरी,गणेश गिरी र सन्जिवनी खरेलले मुख्य भुमिका निर्वाह गरेकाछन ।

    गणेश गिरिको प्रस्तुती रहेको फिल्मलाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन भने यसको कार्यकारी निर्माता सुबास काफ्ले रहेका छन । फिल्ममा समिर मिया, रामेश्वर कार्की सह निर्माताको रुपमा रहेका छन । फिल्ममा प्रकृती खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे,अस्मिता जुरेली, प्रतिक्षा खड्का,राखी क्षेत्री लगायतको अभिनय रहेको छ । यसमा रामेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहेको छ । फिल्मलाई निर्मलाको परिवारसंग अनुमती लिएर बनाईएको निर्देशक अधिकारीले बताएका छन । फिल्म छिटै प्रदर्शनमा आउने जनाईएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4