मंसिर २९ , कलिउड अपडेट ।
हास्य कलाकार पुरन थापाको लेखन एव निर्देशन रहेको चलचित्र कान्छि मट्याङ ट्याङले सन्तोषजनक व्यापार गरेको निर्देशक थापाले कलिउड अपडेटलाइ जानकारी गराएका छन् । जाडोमा फिल्म चल्दैन भन्ने भ्रमलाइ चलचित्र कान्छि मट्याङले मेटाएको निर्देशक थापाको भनाइ छ ।
निर्देशक थापाको भनाइलाइ आधार मान्ने हो भने यो सातामा चलचित्रले लगानि सजिलै उठाउने र अर्को साता बाट चलचित्र नाफामा जाने छ । चलचित्र कान्छि मट्याङ ट्याङ देशभरका करिव ३४ सिनेमा घरहरु बाट प्रर्दशनमा आएको चलचित्र हो । कमेडि चलचित्र कान्छि मट्याङ ट्याङ मा जय किशन बस्नेत , शारिका केसि , पुरन थापा , राजाराम पौडेल , लक्ष्मी गिरी , राजेन्द्र खड्गी लगायतका कलाकारको अभिनय रहेको छ । पूर्ण रुपमा कमर्सियल चलचित्र कान्छि मट्याङ ट्याङमा द्धन्द निर्देशन एन बि महर्जनले गरेका छन् । चलचित्रका गितमा टंक बुढाथोकि र बिकाश चौधरीको संगित सुन्न सकिने छ ।