कलिउड अपडेट , काठमाण्डौ ।
केकि अधिकारी र नाजिर हुसेनको मुख्य भुमिका रहेको चलचित्र राज्जा रानिको रिलिज मिती घोषणा गरेको छ । चलचित्र पुस २८ मा रिलिज हुने भएको छ । माघे संक्रान्ती लाइ लक्षित गरि चलचित्रले रिलिज डेट घोषणा गरेको छ ।
चलचित्रलाइ रमेश एम के पौडेलले निर्माण गरेका हुन् भने यम थापा चलचित्रका निर्देशक हुन् । धेरै चलचित्रमा उत्कृष्ट लेखन दिएका थापाको निर्देशनमा यो डेव्यू फिल्म हो । चलचित्रमा केकि र नाजिर संगै रेखा थापा , कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ ।
पश्चिम नेपालमा रहेको सानो जनजातिको बिषयलाइ उठान गरिएको छ । यध्यपि नायीका रेखा थापाको भुमिका भने निर्माण पक्षले लुकाएको छ ।
चलचित्रमा ताराप्रकाश लिम्बु र दिपक शर्माको संगित रहेको छ भने पुरुषोत्तम प्रधानको छायांकन तथा बिक्रम श्वारको नृत्य निर्देशन रहेको छ ।