Like us on facebook

Advertisements

  • केकी संग कम्मर मर्काउदै केके

    जेठ १४ , कलिउड अपडेट ।
    हालकी चर्चित नायिका केकी अधिकारि र मोडेल केके अधिकारीले पहिलो पटक एउटै स्क्रीन शेयर गरेका छन्। गायक मिङ्ग्मा शेर्पाको ‘ कसरी ‘ बोलको गीतबाट म्युजिक भिडियोमा डेब्यु गरेकी नायिका केकी अधिकारिले सयौ म्युजिक भिडियो र दर्जनौ नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन् । 1 कलेज अफ फिल्म स्टडि, ओस्कार कलेजको दोस्रो बर्षमा अध्यनरत मोडेल केके अधिकारी पनि बिगत ३ बर्ष देखि मोडलिङ् क्षेत्रमा आबद्द छन् । उनले दुई दर्जन भन्दा बढी म्युजिक भिडियो र केहि चलचित्रमा पनि अभिनय गरिसकेका छन् ।
    kk and keki
    यी दुई कलाकारलाई पहिलो पटक एउटै पर्दामा ल्याउने काम गरेकी छिन् गायिका दिपा पन्तले । गायिका पन्त अब चाडै नै दर्शक श्रोता माझ आफ्नो नयाँ डान्सिंग गीत ‘ झट्का झट्का झट्का ‘ ल्याउने तयारीमा छिन् जसमा शब्द र संगीत राज कुमारको रहेको छ । काठमाडौँमा अवस्थित काठमान्डु फन पार्कमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियो शुटिंग सम्पन्न भैसकेको छ । डान्सिंग बिट रहेको यस गीतलाई कोरियोग्राफर दीपक एम् सिंहले कोरियोग्राफ गरेका छन् भने क्यामेरामा हरि हुमागाई रहेका छन् । यस गीतलाई मोडेल केके अधिकारी आफैले निर्देशन गरेका हुन् । ठुलै बजेट खर्चिएको भनिएको यस भिडियोलाई नया शैलीमा शुट गरेको दाबी गरिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4