Like us on facebook

Advertisements

  • २३ दिनमा सकियो कथा काठमाण्डु

    बैसाख २८ , कलिउड अपडेट ।

    टेलिभिजनको दुनियामा राम्रै नाम कमाएपछि भीजे संगीता श्रेष्ठले चलचित्र ‘कथा काठमाण्डु’ मार्फत निर्देशनमा हात हालेकी हुन् । यही, चलचित्रको छायांकन २३ दिनमा सकिएको संगीताले जानकारी दिएकी छिन् । मंगलबारबाट चलचित्रको सम्पूर्ण छायांकन सकिएको संगीताले बताइन् । संगीताले भनिन्–‘हामीले ३ चरणमा चलचित्रको छायांकन गरेका छौ । जम्मा २३ दिन चलचित्र खिचिएको छ ।’

    यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । संगीताले भनिन्–‘यो चलचित्र भित्र ३ वटा कथा छ । तर, तिनै वटा कथाका पात्रको कनेक्शन एक अर्कास“ग छ । हामीले नेपाली चलचित्रमा पहिलो पटक यस्तो कथामा चलचित्र बनाएका छौ ।’

    उनका अनुसार, प्रियंकाको कथाको कनेक्शन सन्ध्यास“ग र सन्ध्याको कथाको कनेक्शन आयुष्मानस“ग छ ।

    आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विजय राइको लगानी छ । चलचित्रको छायांकन सकेसगै यसको निर्माणपक्षले केही तस्बिर समेत मिडियालाई उपलब्ध गराएको छ । गायिका इन्दिरा जोशीको पनि चलचित्रमा विशेष भूमिका रहेको वुझ्न सकिन्छ ।

    निर्माणपक्षले उपलब्ध गराएको तस्बिरमा संजोग र सन्ध्या कलेजको पहिरनमा देखिएका छन् । यस्तै, तस्बिर हेर्दा नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीको कनेक्शन पनि देखिएको छ । चलचित्रको प्रदर्शन मिति चाडै नै तय गरिने संगीताले भनिन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4