कलिउड अपडेट ।
आर.के खत्रीको शब्द, सङ्गीत र स्वरमा रहेको ‘कसरी भनुँ’ गीतको भिडियो सार्वजनिक भएको छ । विकी पुलामीको निर्देशन रहेको गीतको भिडियोमा मोडलद्वय विश्व शर्मा र नमिता भुसाल फिचर्ड गरिएको छ । गीतमा रिकेश गुरुङले ऐरेन्ज गरेका छन् ।
कुन्चोक शेर्पाको छायाँकन रहेको गीतको भिडियोमा सतिज श्रेष्ठको सम्पादन रहेको छ । म्युजिक भिडियोको आधा भन्दा बढि छायाँकन अमेरिकामा गरिएको हो । अमेरिकामा बसोबास गर्दै आएका विश्व र नमिताले यसअघि पनि थुप्रै गीतहरुमा एकसाथ काम गरिसकेका छन् । यि दुईले अभिनय गरेको ‘आत्मामा’, ‘टुक्रेको मुटु’लगायत म्युजिक भिडियो दर्शकमाझ लोकप्रिय रहेका छन् ।