Like us on facebook

Advertisements

  • करिस्माको फागु सकियो

    fagu-endclap
    नायीका करिस्मा मानन्धर को निर्माण रहेको चलचित्र फागु सकिएको छ । बिरगन्ज र आसपासका क्षेत्रमा ३६दिनको छायांकन पश्चात चलचित्रको प्याकअप भएको हो ।
    केहि दिनको विश्रामपछि फागुको पोस्ट प्रोडक्सनको काम सुरु हुने नायिका मानन्धरका श्रीमान एवं निर्माता विनोद मानन्धरले जानकारी दिए । ०७२ सालको दशैँ र तिहारको बीचमा प्रदर्शन हुन सक्ने चलचित्र फागुमा वसन्त भट्ट, गौरी मल्ल, सुवास पराजुली, शिल्पा पोखरेल, राजेश हमाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    यो चलचित्रमा नायिका शिल्पा पोखरेलले मुख्य भूमिका निर्वाह गरेकी छिन् । तराईको पृष्ठभूमिमा आधारित यो चलचित्रलाई सम्झना रौनियार उप्रेतीले निर्देशन गरेकी हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4