कलिउड अपडेट ।
बिगत ४ बर्ष देखि चलचित्र संग सम्वन्धित बिभिन्न बिधामा अध्ययन गराउदै आएको कान्तिपुर फिल्म एकेडेमिले मोफसलमा रहेर पनि फिल्म अध्ययन गर्न चाहने बिधार्थिको सहजताको लागी पूर्वको सुन्दर शहर इटहरीमा कान्तिपुर फिल्म एकेडेमिको पहिलो शाखा स्थापना गरेको छ ।
माघ १६ अर्थात सरस्वती पुजाको अवसर पारेर इटहरीमा औपचारिक रुपमा कान्तिपुर फिल्म एकेडेमिको सुरुवात गर्ने सिइओ प्रकाश पुरी ले जानकारी दिए । पहिलो चरणमा इटहरी शाखा बाट फिल्म मेकिङ , इडिटिङ , अभिनय र फोटोग्राफिका कक्षा सन्चालन गर्ने भएको छ । फागुन १ बाट कक्षा सुरु गरिने तथा केन्द्र बाट दक्ष तथा अनुभबि प्रशिक्षक बाट कक्षा सन्चालन गरिने कान्तिपुर फिल्म एकेडेमिका अध्यक्ष छबिराज ओझाले कलिउड अपडेटलाइ जानकारी दिए ।
एक महिनाका यी कक्षा लिएर प्रशिक्षार्थीले युटुव भिडियो निर्माण , डकुमेन्ट्रि तथा म्यूजिक भिडियो , सर्ट फिल्म आफै आफ्नै ठाउमा उत्पादन गर्न सकिने अध्यक्ष ओझाको भनाइ छ ।