माघ ९ , कलिउड अपडेट ।
फागुन ४ बाट प्रर्दशनमा आउने चलचित्र कान्छीको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा दयाहाङ र स्वेताको लभ र बियोग देखाइएको छ ।
आकाश अधिकारीको निर्देशनमा तयार चलचित्र कान्छीको ट्रेलरले चलचित्रको कथा बोकेको छ । स्वेता खड्काको प्रस्तुती चलचित्र कान्छीमा दयाहाङ राइ र स्वेता खड्काको साथमा अशान्त शर्मा , अनु शाह , कामेश्वर चौरासिया , प्रज्वल सुजल गिरि , बिनोद न्यौपाने , भुमिका श्रेष्ठ , रमेश अधिकारी , जयनन्द लामा र बरिष्ठ कलाकार निर शाहको अभिनय रहेको छ ।
।चलचित्रमा अर्जुन पोखरेल र राजनराज सिवाकाेटी को संगीत, बसन्त श्रेष्ठको कोरियोग्रफी र हिमाल केसीको एक्शन रहेको छ।
नेपालकै सुन्दर स्थानहरु जोमसोम , मुस्ताङ , माथिल्लो मुस्ताङ , काठमाण्डौ लगायतका स्थानहरुमा छायांकन गरिएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो चलचित्रलाइ उपत्यकामा गोपाल काजी कायस्थ र उपत्यका बाहिर एफडि कम्पनीले बितरणको जीम्मा लिएको छ ।
हेर्नुहोस् कान्छीको ट्रेलर