श्रावण ३० , कलिउड अपडेट ।
चलचित्र कान्छिको निर्माण घोषणा गरिएको छ । सोमबार राजधानिमा एक कार्यक्रम आयोजना गर्दैै चलचित्रको घोषणा गरिएको हो । चलचित्र भाद्र २ गते बाट फ्लोरमा जादैछ ।
आकाश अधिकारीको निर्देशन रहने यो फिल्ममा नायीका स्वेता खड्का श्रीमान श्रीकृणको निधन पछि यसै फिल्मबाट कमव्याक हुदैछिन् । चलचित्रमा स्वेता खड्काको साथमा नायक दयाहाङ राइ देखिदैछन् ।
यो चलचित्रलाइ आकाश अधिकारीले निर्देशन गर्नेछन् भने चलचित्रकि निर्मात्री स्वेता हुन् । स्वेताले पहिलो पटक फिल्म निर्माणमा हात हालेकि छिन् । माघ २६ मा रिलिज गरिने लक्ष्यको साथ फिल्म निर्माण हुने छ । चलचित्रमा दया र स्वेता संगै अनु शाह , भुमिका श्रेष्ठ , निर शाह , प्रज्वल सुरज गिरि लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रलाइ पु?षोत्तम प्रधानले छायांकन गर्नेछन् भने संगित शम्भुजित बास्कोटा , बसन्त सापकोटा र राजनराज सिवाकोटिको रहने छ ।
यस्तै नायीका स्वेता खड्काले बाढिपिडितलाइ १ लाख ५ हजार सहयोग गर्ने बताएकि छिन । यो रकम निर्माता संघले स्थापना गर्न लागेको राहतकोषमा जम्मा हुने छ ।
तस्विर : अनलाइन खवर