भाद्र १३ , कलिउड अपडेट ।
चलचित्र कामचोर असोज ८ गते बाट प्रर्दशन हुदैछ । लामो समय चलचित्र छायांकनको अनुभव संगालेर निर्देशक दिनेश श्रेष्ठले चलचित्र कामचोर निर्देशन गरेका छन् ।
पहिलो पटक निर्देशनमा उत्रेका श्रेष्ठले युवाको बिषय लाइ उठान गरेका छन् । अधिकांश नयाँ अनुहार रहेको चलचित्र कामचोरलाइ दर्शकले मनपराउनेमा उनि ढुक्क देखिन्छन् । चलचित्रको कथाबस्तु र प्रस्तुति चलचित्रको मेरुदण्ड भएको बताउदै चलचित्र पूर्ण रुपमा मनोरन्जनात्मक भएको उनको दाबि छ ।
अभिमान सि बस्न्यातको प्रस्तुति एव प्रमोद गौचनको निर्माण रहेको चलचित्र कामचोरमा पुस्कर रेग्मी , रबिन्द्र बस्नेत , एवन बस्नेत , रोहन श्रेष्ठ , काजल खनाल , अप्सना थापा , रबिना दास लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ सस्पेन्स , थ्रिल जनराको चलचित्र भनिएको छ ।