कलिउड अपडेट । दसैँ नजिकिएसँगै दिन प्रतिदिन त्यसै सम्बन्धित गीतहरु बजारमा आउने क्रम जारी रहेको छ । दसैँमा प्राय विदेशमा रहेका नेपालीहरुले चार्डवार्डमा घर आउन नपाउदाको बिलौना गीत मार्फत पोख्ने अनि नेपालमा रहेका सुरक्षानिकायमा काम गर्नेले पनि त्यस्तै खालको बिलौना गरेको गीत बन्ने गर्द्छ ।
सुरक्षानिकायमा काम गर्नेले आफुलाई माथिको आदेशले चुनावमा खटाएकोले घर आउन नपाएको यस्तै गुनासो पोगेको गीतकार कल्पना रेग्मीको दशै गीत ‘फोनमा रुदै नभन’को भिडियो बजारमा आएको छ । चर्चित गायक कुलेद्र बि.क र गायिका पूर्णकला बि.सी को आवाजमा रहेको गीतमा संगीत भने हुम गैरेको रहेको छ ।
तिर्सना म्युजिकले बजारमा ल्याएको उक्त भिडियोको निर्देशन भने बाबुराम बोहोराले गरेका छन । राजेश घिमिरेको छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको भिडियोमा गीतकार रेग्मी र निर्देशक बोहोराको अभिनय देख्न सक्नु हुनेछ ।