Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • न्यू इयरमा कालिप्रसाद बास्कोटाले अष्टिनमा धुम मच्चाउने

    कलिउड अपडेट । काठमाण्डौ ।
    नेपाली गीत गायनमा आफ्नो बग्लै पहिचान बनाएका लोकप्रिय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले अंग्रेजी नयाँ बर्षमा अमेरीकाको टेक्सास राज्यको अष्टिनमा भव्य सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने पक्का भएका छन् । अमेरीकामा बस्ने नेपालीलाइ नयाँ बर्षमा झुमाउन र रमाइलो समयमा रमाइलो गराउन कालिले आफ्ना हिट गीत गाउने छन् । डिएण्डडि मुभिजको आयोजनामा आयोजना हुन लागेको यो बृहत कन्सर्टलाइ कलाकार सुबास थापाले संयोजन गरेका हुन् । उक्त कार्यक्रममा न्यूयोर्कमा आफ्नो लोकप्रियता कमाएका डिजे सुर्यले पनि उक्त माहोल तताउने छन् । साथै स्थानिय कलाकारको बेजोड प्रस्तुति पनि उक्त कार्यक्रममा रहने छ ।

    यतिबेला उक्त कार्यक्रममा नआउने भनेर केहि व्यक्तिले अफवाह फैलाइरहेको बताउदै आयोजक थापाले उक्त कार्यक्रम तोकिएको समय स्थानमै हुनेमा विश्वस्त रहन सबैलाइ आग्रह गरेका छन् । व्यक्तिगत चरित्रमाथि आँच पुर्याउने व्यक्तिले कार्यक्रम असफल बनाउन षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । नयाँ बर्षको अवसरमा गायक कालिप्रसाद बाँसकोटा सुबि इन्टरटेन्मेन्ट को निम्तोमा अमेरीका पुगिसकेका छन् । यता अष्टिनको कार्यक्रमको लागी भने डिएण्डडि मुभिजले सुबि इन्टरटेन्मेन्ट संग सन्झौता गरिसकेका छन् भने कालिप्रसाद बासकोटाले पनि भिडियो सन्देश पठाउदै आफू उक्त कार्यक्रममा आउने बताइसकेका छन् ।

    जनवरी ५ साँझ ६ बजे बाट टेक्सासको The Bungalows Hotel And Event Center 1000 s bell blvd , cedar park , Tx 78613 ठाउमा यो कार्यक्रम आयोजना हुने बताइएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4