कलिउड अपडेट।
अमेरीकाको सांगीतिक यात्रामा रहेका गायक तथा संगितकार कालिप्रसाद बास्कोटा ले यहि फेब्रुअरी १६ मा अमेरीकाको डालस टेक्ससमा धमाकेदार प्रस्तुति दिने भएका छन् । सुबि इन्टरटेन्मेन्टको प्रस्तुति , डिएण्डडि मुभिजको सहकार्यमा बव इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको उक्त कन्सर्टमा कालि प्रसाद बास्कोटा सहित अन्य ख्याति प्राप्त कलाकार को पनि प्रस्तुति रहने कार्यक्रम संयोजक भक्त भण्डारीले कलिउड अपडेटलाइ जानकारी दिए । प्रेमिल गीतहरु बाट लोकप्रिय बनेका कालिप्रसाद बास्कोटाको यो कन्सर्ट भ्यालेन्टाइन माहोलमा हुन लागेको हो । यसर्थ पनि दर्शकहरुको चाप अत्धाधिक हुने संयोजक भण्डारी बताउछन् ।
कार्यक्रममा कालिप्रसाद बास्कोटाको साथमा लामो समय रंगमन्च हुदै फिल्ममा आफ्नो बेग्लै पहिचान बनाएका नायक सुबास थापा , मेरीबास्सैका बैतडि बाजे राजेश नाथ , न्यूयोर्क मा लोकप्रिय डिजे सुर्यले दर्शक झुमाउने भएका छन् ।