Like us on facebook

Advertisements

  • कलाकार संघको साधारण सभा सम्पन्न , कलाकर्मि तथा पत्रकार सम्मानित

    फागुन ३० , कलिउड अपडेट ।
    कलाकार संघले १५ औ साधारण सभा सम्पन्न गरेको छ । बिहिबार राजधानिमा आयोजित एक कार्यक्रम बिच कलाकार संघका अध्यक्ष रामकेशर बोगटिले प्रगति बिबरण पेश गर्दै बिभिन्न कलाकर्मि तथा पत्रकारलाइ सम्मान पनि गरिएको छ ।


    चलचित्र कलाकार संघ पुरस्कार २०७३ बाट बरिष्ट अभिनेत्री लक्ष्मी गिरीलाइ सम्मान गरिएको छ भने शान्ति मास्के पुरस्कार बाट कलाकार पुरन थापा सम्मानीत भएका छन् । यस्तै कलाकार संघ बिषेश पुरस्कार बाट हास्य कलाकार सिताराम कट्टेल तथा कुन्जना घिमिरेलाइ प्रदान गरियो भने सोहि पुरस्कार बिश्वकै कान्छा निर्देशक सौगात बिष्टलाइ प्रदान गरिएको छ ।

    कलाकार संघ पत्रकारिता सम्मानबाट प्रकाश सुवेदी, अशोकप्यासी राई र विष्णु सुवेदी सम्मानित भए भने चलचित्र कलाकार संघ सेवा सम्मानबाट संघका उपाध्यक्ष सानुकुमार ताम्राकार र सह कोषाध्यक्ष सुनिल कटुवाल सम्मानित हुँदा नव प्रतिभा प्रोत्साहन सम्मान अभिनेत्री वर्षा राउतलाई प्रदान गरियो ।
    रामकेशर बोगटिले कार्यक्रममा बोल्दै कलाकारको हितमा अझ धेरै कार्य गर्ने बताएका छन् भने आफ्नो कार्यकाल भित्रै संघको आफ्नै भवन बनाउने बचन पनि दिएका छन् ।

    picture- filmykhabar

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4