भाद्र २१ , कलिउड अपडेट ।
नेपाली फिल्म क्षेत्रमा योगदान पु¥याउने एक फिल्मकर्मीलाई हरेक बर्ष उपाधी प्रदान गर्दै नेपाल चलचित्र प्राविधिक संघले यो बर्ष पनि हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गर्ने भएको छ ।
कतारमा आयोजना हुन लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’को अवसर पारेर हजारौ दर्शकको विचमा मह जोडीलाई ‘कला रत्न’ उपाधी प्रदान गर्न लागिएको हो ।
यो बर्षको अवार्ड समारोहमा मह जोडीसँगै करिब ८० जना फिल्मीकर्मी कतार जादैछन् । अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँग सहकार्य गर्दै नेफ्टाले अवार्डको आयोजना गर्न लागेको हो ।
कला रत्न उपाधीबाट सम्मानित हुने भएपछि मह जोडीले पनि खुशी व्यक्त गरेका छन् । पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकहरुकै कारणले आफूहरु आज एउटा उचाइमा पुगेको भन्दै मह जोडीले तिनै प्राविधिकहरुबाट सम्मानित हुन पाउँदा गर्व लागेको उनीहरुको भनाई छ ।
नेफ्टाले राजेश हमाललाई ‘महानायक’, शाहलाई ‘अभियन शिरोमणी’ र करिश्मा मानन्धरलाई ‘सदाबाहर नायिका’को उपाधी प्रदान गरिसकेको छ ।