Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • आरुषिमा कलाको शिर्ष रोल , सुटिङ यूनिटमा उनकै चर्चा

    कलिउड अपडेट , काठमाण्डौ ।
    चलचित्र मुर्चुङगा बाट नेपाली चलचित्रमा डेब्यू गरेकि नायीका कला राइ एक पछि अर्को चलचित्रमा व्यस्त छिन् । मुर्चुङगा प्रर्दशन नै नभइ उनको दोश्रो चलचित्र आरुषि यतिबेला छायांकनको अन्तिम चरणमा छ । यसै गरि आरुषि पछि अर्को चलचित्रमा  उनि अनुबन्ध भइसकेकि छिन् । फिल्मको नाम र अन्यकलाकार फाइनल भइनसकेको उक्त चलचित्र भने फागुन बाट फ्लोरमा जाने छ ।  सोलुखुम्बुमा जन्मिएका कला चलचित्र आरुषिमा शिर्ष भुमिका निर्बाह गरिरहेकि छिन् । लभस्टोरी जनरामा निर्माणाघिन चलचित्र आरुषिमा उनि इशक राइको अपोजिटमा रोमान्स गरेकि छिन् ।


    कलाकारीता लाइ नै आफ्नो भबिष्य ठानि फिल्म क्षेत्रमा प्रवेश गरेकि कला राइ को कामको सुटिङ यूनिटमा चर्चा बढ्दै गएको छ । चलचित्रका निर्मातामध्ये एक सहारा प्रधान कला को काम ले चलचित्रको उचाइ बढाउने बताउछन् भने निर्देशक उदय सुब्बा कलामा अभिनय क्षमता धेरै रहेको बताउछन् ।

    उदय सुब्बा निर्देशित चलचित्र आरुषिलाइ बिरु गुरुङ , सहारा प्रधान र केशव कुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्दैछन् ।  मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रमा विक्रम डिसीको छायांकन, बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्धन्द तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । चलचित्रका गीतमा कमल राई र दिनेश पाख्रिनको  कोरियोग्राफि रहेको छ । निर्देशक उदय सुब्बाका अनुसार चलचित्र नयाँ बर्षको अवसरमा प्रर्दशन हुने छ ।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4