पुस १५ , कलिउड अपडेट ।
महाराजगन्जमा यस्तो दृष्य देखियो कि डिजलको लाइनमा बसेका सवारी साधनलाइ कुपनको सट्टामा फिल्म काफल पाक्योको स्टिकर टासेर डिजल दिइएको छ । गायक प्रल्हाद तिमल्सिनाको प्रेटोल पम्प सिता फ्यूलका कर्मचारी हातमा काफल पाक्योको स्टिकर बोकि लाइनमा बसेका सवारी साधनमा मात्र टास्दै हिडेका थिए ।
जसरी भए पनि लाइनमा बसेको गाडि हो कि होइन भनेर चिन्नु त हो नि भन्दै एक कर्मचारी धमाधम स्टिकर लगाइरहेका थिए । गायक तिमल्सिनाको स्वामित्वमा रहेको सिता फ्यूल बाट फिल्मलाइ धेरै अघि देखि नै प्रचार प्रसार गरिदै आएको छ । यतिबेला मानिसको ध्यान प्रेटोल पम्प र लाइनमा बसेका सवारी साधनले तानेको समयमा यस्तो पव्लिसिटि पक्कै केहि हदसम्म फलदायी नै हुने छ ।
साबित्री खत्रिको निर्देशन रहेको यो चलचित्र मा जिवन लुइटेल , बर्षा राउत , लय स्रग्रौला , मुकेश आचार्य , बि एस राणा लगायतका कलाकारको अभिनय रहेको छ ।