Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • कादर खानको ८१ वर्षको उमेरमा निधन

    कलिउड अपडेट । बलिउड अभिनेता कादर खानको आज बिहान निधन भएको छ । लामो समयदेखि बिरामी रहेका खानको ८१ वर्षको उमेरमा निधन भएको हो । श्वासप्रश्वास सम्बन्धी समस्याका पिडित उहाँकोे करिब चार महिना यता क्यानडाको टोरोन्टोस्थित एक अस्पतालमा उपचार भइरहेको थियो ।

    उहाँका छोरा सरफराज खानले बुवाको निधन भएको पुष्टि गर्नुभएको हो । कादर खान बलिउडका दिग्गज कलाकारका साथै डायलग तथा पटकथा लेखक समेत हुनुहुन्थ्यो । सन् १९७३ मा राजेश खन्नाको फिल्म ‘दाग’ बाट बलिउडमा डेब्यु गर्नभएका खानले करिब ३ सय भन्दा बढी फिल्ममा अभिनय गर्नुभएको छ ।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4