फागुन ९ , कलिउड अपडेट ।
हिट चलचित्र कबड्डीको सिक्वेल चलचित्र कबड्डी निर्माण हुने भएको छ । यो चललचित्र फागुन २५ देखि फ्लोरमा जाने छ । करिव ९५ प्रतिशत मुस्ताङमा छायांकन हुने यो चलचित्र कबड्डीमा काजिको प्रेमले निरन्तरता पाउने छ ।
पात्र , स्थान , मायाप्रेम लडाइ झगडा , नौरीकोट गाउँ , थकालि समाज , बिरकाजि , मैया , एकोहोरो प्रेम , एकोहोरो उपेक्षा सवै उस्तै हुने छ तर भोटको राजनिति संगै शहरबाट एउटा नयाँ अनुहार गाउ प्रवेश गर्ने छ । उसको नाम हुनेछ बमकाजि । पहिलो कबड्डिमा प्रेमले सिमा नाघेको थियो भने यस पटक प्रेममा जवरजस्ति राजनिति पनि घुसेको छ । पहिले बदला लिन शहरबाट भिलेन आएको थियो भने यस पटक शहरबाट बंशभित्रै बाट भिलेन आइ पुग्दा काजिको पारो तात्ने छ । कबड्डिको सिक्वेलमा यस पटक सौगात मल्लको पनि इन्ट्रि हुने छ , बमकाजिको रुपमा ।
चलचित्रलाइ रामबाबु गुरुङले निर्देशन गर्नेछन् भने कार्यकारी निर्माता निश्चल बस्नेत हुन् । चलचित्रको कथा पटकथा संवाद रामबाबु गुरुङ र उपेन्द्र सुव्बा को रहेको छ । चलचित्रका निर्माताहरु सुनिल चन्द रौनियार र रौनक बिक्रम कँडेल हुन् । यसैगरी कबड्डि कबड्डिका सहनिर्माता ओम चन्द रौनियार र अर्जुन कार्कि हुन् । चलचित्रका गितमा रोहित शाक्यको रहने छ भने द्धन्द कुमार महर्जनले गर्ने भएका छन् ।
चलचित्रमा दयाहाङ राइ , सौगात मल्ल , निश्मा गुरुङ , बिजय बराल , बुद्धि गुरुङ , कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहने छ ।