Like us on facebook

Advertisements

  • अमेरीकामा ‘के म तिम्रो होइन र’

    असार ६ , कलिउड अपडेट ।

    नेपालमा सफल मानिएको चलचित्र ‘के म तिम्रो होइन र’को विदेश प्रदर्शन पनि सुरु भएको छ । जुन १८ देखि यो चलचित्रको विदेश प्रदर्शनी सुरु भएको निर्माण कम्पनीले जानकारी दिएको छ । जुन १८ मा चलचित्रका मुख्य नायक आर्यन अधिकारीको उपस्थितीमा करिब ५ सय दर्शक अट्ने क्षमता भएको अमेरिकाको सान फ्रान्सिस्कोमा अवस्थित ‘मचान थिएटर, अल्मेडा’मा सफल शो सम्पन्न भएको छ ।सोहि शहरमा दर्शकको चर्को माग भए पछि अर्को शो पनि शो बिज ले गर्न लागेको छ । चलचित्रका सहनिर्माताद्धय सन्जिब भट्ट र सुनिल अधिकारी लगायतले आयोजना गरेको पहिलो शो ले सफलता पाए पछि अन्य स्टेट मा समेत शो गर्ने तयारी भइरहेको  जानकारी प्राप्त भएकाे छ । k ma timro hoina ra

    कार्यव्यस्तताका कारण पहिलो शोमा उपस्थित हुन नसकेका चलचित्रका निर्देशक आकाश अधिकारीलाई सो वीजले प्रमुख अतिथीको रुपमा निम्तो पनि दिइसकेको छ । आकाश जुलाइको दोश्रो साता अष्ट्रेलिया हुदै अमेरिका पुग्नेछन् । अमेरिकामा नै चलचित्र सम्बन्धी अध्ययन गरेर फर्किएका आर्यनलाई दर्शकले अत्याधिक माया दिएका थिए ।

    चलचित्रको अन्य शो अष्ट्रेलिया, आयरल्याण्ड र यूकेमा पनि चाडै हुने आकाशले जानकारी दिए । उनले भने–‘विदेशमा चलचित्रको माग भैरहेको छ । हामी विश्वका अधिकांश नेपाली दर्शकले चलचित्र हेर्न पाउन् भन्ने सोचले अगाडि बढेका छौ ।’ कथावस्तु, एक्सन र गीतसंगीतलाई उत्कृष्ट मानिएको यो चलचित्रमा आर्यन अधिकारी र मरिष्का पोख्रेल मुख्य भूमिकामा छन् । सुरेश अधिकारीले यो चलचित्रको निर्माण गरेका हुन् । नेपालमा यो चलचित्र वैशाख ३१ गतेबाट रिलिज भएको थियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4