चैत्र ७ , कलिउड अपडेट ।
लोक गायीका तथा हट मोडल ज्योति मगर यूएइको अलआइन मा आयोजित सास्कृतिक कार्यक्रममा सहभागि हुन नेपाल बाट पुगेकि हुन । शुुक्रबार आयोजित कार्यक्रममा ज्योति मगरले खचाखच भरिएको हलमा आफ्नो हट शरिर नचाउदै केहि गित गाइन् । गर्मिमा आफ्नो शरिरमा पानि पोख्दै आफ्नो पर्फमेन्स दिएकि हुन् । उनले आफ्नो पर्फमेन्स दिइरहदा दर्शकलाइ नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।
इभेन्ट नेपालको आयोजनामा भएको सो कार्यक्रममा केहि नेपाली यूवाहरुको उच्छृखल व्यवहारले कार्यक्रम बिचमा नै रोक्नु परेको थियो । कार्यक्रम स्थलमा प्रहरी पनि आइ पुगेको थियो । ज्योति मगरले २ पटक स्टेज तताउने योजना एक पटकमै सिमित भयो । ज्योति मगरेको साथमा स्थानिय कलाकारले पनि दर्शकलाइ नचाएका थिए । स्थानिय कलाकार लाइ हौसला प्रदान गर्ने उदेश्यका साथ आयोजित उक्त कार्यक्रममा लोक गायीका सरिता कार्कि , बिक्रम परियार , अनुराग थपलिया , अनिता बन , मेनुषा लामा , जगदिश गुरुङ्ग , कमल कार्कि , शोभा लामा लगायतका कलाकारले आफ्नो प्रतिभा देखाएका थिए ।
करिव २ महिना देखिको तयारी भएको सो कार्यक्रमलाइ व्यवस्थित गर्न हरतरह प्रयास गरीए पनि नेपाली साथिहरु को सानो गल्तिले कार्यक्रम पूर्ण रुपले सफल हुन नसक्दा दुख लागेको आयोजक मध्ये एक कृष्ण शाहिले कलिउड अपडेट लाइ जानकारी गराए । कार्यक्रम यूएइ को अलआइनमा सन्चालन भएको थियो ।