कलिउड अपडेट , काठमाण्डौ । सुटिङ रिपोर्ट ।
छायांकनतर चलचित्र जुनीका नायक रबि कार्कि गोदावरीमा मृत भेटिएका छन् । उनलाइ नायीका खुस्वु खड्काले गोदावरीमा लडिरहेको अवस्थामा फेला पारेकि थिइन् । लामो दाह्री तथा लट्टा परेको कपाल सहित बेवारिसे अवस्थामा उनि फेला परेका हुन् । यो दृष्य रियल लाइफमा नभइ रिल लाइफमा हो अर्थात चलचित्र जुनीको एक दृष्यको छायांकनको हो । नायक कार्कि नायीका खड्काले उक्त दृष्य दिइरहदा सुटिङ हेर्ने व्यक्तिहरुको आखामा आशु टलपलाइरहेको देख्न सकिन्थ्यो भने एक दृष्यमा निर्देशक राइ आफै रुन पुगेपछि छायांकन स्थलकाे माहाेल अलि बढि भावुक बन्न पुगेको थियो ।
चलचित्र मिलाप र यो कथा हो तिम्रो मेरो लगायत दर्जनौ म्युजिक भिडियो समेत अभिनय गरिसकेका नायक कार्किले चलचित्र जुनीको कथालाइ न्याय गर्न भरपुर मेहनत गरिरहेका छन् । जिएस मुभिमेकर्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्र जुनी लाइ सुर्य जिसिले निर्माण गरेका हुन् भने रामेश कुमार राइ चलचित्रका निर्देशक हुन् । चलचित्र लाइ हरिनारायण चौधरीले छायांकन गरिरहेका छन् ।
चलचित्र जुनि २०७४ को श्रावणमा रिलिज गरिने लक्ष्य राखिएको निर्माता सुर्य जिसिले जानकारी गराएका छन् । चलचित्र जुनी पूर्णप्रेमकथा मा आधारीत चलचित्र भएको निर्देशक राइ बताउछन् ।