Like us on facebook

Advertisements

  • हलमा देखियो पलको क्रेज , जोनि जेन्टलमेनमा दर्शकको घुइचो

    भाद्र ३१ , कलिउड अपडेट ।  यो शुक्रबार बाट रिलिज भएको चलचित्र जोनि जेन्टलमेन लाइ दर्शकले राम्रो साथ दिएका छन् । शुक्रबारबाट रिलिज भएको फिल्म जोनी जेन्टलम्यानले शनिबार देशका सबैजसो हलहरुमा हाउसफूलको व्यापार गरेको छ । राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा र कलंकी लगायत हलहरु हाउसफूल भएको र मल्टिप्लेक्सका बिहानी शोमा ७५ प्रतिशत र दिवा शोहरुमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक सुनिल मानन्धरले बताए । मोफसलमा पनि दर्शकको चाप राजधानीकै सरह रहेको निर्माता अजयमल्ल ठकुुरीको भनाई छ ।


    हलमा दर्शक हाउसफूल भएपछि नायक पल शाह, नायिका आँचल शर्मा, निर्देशक नितिन चन्द र निर्माताहरु अजय र एन्डियु पौडेल हलहलमा पुगेका थिए । गोपिकृष्ण र अष्टनारायणका दर्शकसँग उनीहरुले खुसी साटे । पल र आँचलसँग सेल्फी खिच्न उनीहरुका फ्यानहरु झुम्मिएका थिए । शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा परेका कारण जोनी जेन्टलम्यान लाई फाइदा पुग्ने देखिएको छ । पल र आँचको मुख्य भूमिका रहेको फिल्म एक्सन लभ स्टोरी जनराको हो । पल अभिनित यसै वर्ष प्रदर्शनमा आएको फिल्म म यस्तो गीत गाउँछु सुपरहिट भएको थियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4