अवार्डेड डकुमेन्ट्री ‘जोगी ,रातका देवता’ सार्वजनिक

कलिउड अपडेट । परम्परागत रुपमा चल्दै आएको फेरी लगाउने चलनलाइ जस्ताको त्यस्तै प्रस्तुत गरिएको डकुमेन्ट्री जोगी,रातका देवता हार्दिक मिडियाको अफिसियल यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
हार्दिक मिडिया को प्रस्तुतीमा तयार यस डकुमेन्ट्रिलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् भने हरि उप्रेती तथा निर्देशक घिमिरे डकुमेन्ट्रिका निर्माता हुन् । तेनहाङ राइ सहनिर्माता रहेको यस डकुमेन्ट्रिले नेपालमा २ वटा अवार्ड जितिसकेको छ भने ३ वटा अन्र्तराष्ट्रिय डकुमेन्ट्रि फेष्टिभलमा अफिसियल सेलेक्सनमा समेत परिसकेको छ । सोसल मिडिया फिल्म अवार्ड तथा काठमाण्डौ सर्ट फिल्म फेष्टा मा यो डकुमेन्ट्रीले अवार्ड हात पारिसकेको छ ।


रातको समयमा जोगीले घर घुमेर घरको शान्तीको लागी शंख बजाउदै हिड्ने र बिहान घर घर मा पुगेर सिधा उठाउने चलन लाइ बृत्तचित्रमा उतारिएको निर्देशक घिमिरेले जानकारी दिए । बिस्तारै लोप हुन लागेको कारण पनि यो बिषय सबै माझ पुर्याउने लक्ष्य राखिएको निर्देशक घिमिरेको भनाइ छ ।
बृत्तचित्र मा फेरी लगाउने स्वयं ओम नाथ जोगी लाइ फिचर गरिएको छ । कुनै नाटकिय दृष्य उक्त डकुमेन्ट्रीमा नराखिएको निर्देशक घिमिरेले जानकारी दिए ।
हेरौ यो डकुमेन्ट्री

Share the News

Related News

Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4