Like us on facebook

Advertisements

  • सुरु भयो ‘झिंगेदाउ’ , निर्माण निर्देशन गर्दै ज्ञानेन्द्र देउजा

    कलिउड अपडेट , मंसिर ४ ।
    ज्ञानेन्द्र देउजा को निर्माण तथा निर्देशनमा चलचित्र झिंगदाउको छायांकन सुरु भएको छ । हलेसिको कटुवा गाउँ बाट चलचित्रको छायांकन सुरु भएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए । भिमनिधि तिवारीको कथा संग्रहमा संग्रहित कथा मा यो चलचित्र निर्माण हुन लागेको हो । करिव ५ बर्षको बिश्राम पछि निर्देशक देउजा फिल्म निर्माण मा होमिदै नयाँ फिल्म लिएर आउने भएका छन् । फिल्म झिंगेदाउ नितान्त पारिवारिक कथा हुने निर्देशक देउजाको भनाइ छ । फिल्म क्रिउ नेपाल टेक्नीकल सपोर्ट मा निर्माण हुने यो फिल्म मा नयाँ तथा पुराना कलाकारको उपस्थिति रहने बुझिएको छ ।


    चलचित्रमा मुकुन भुसाल , केकी अघिकारी , आँचल शर्मा , कुशल बिष्ट , हिउँवाला गौतम , संगम भण्डारी , बिजय देउजा , अभय बराल , आयन खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।
    चलचित्रको छायांकनको लागी भकुण्डेबेसिमा भव्य सेटको निर्माण भइसकेको छ । चलचित्रको छायांकन मंसिर ५ बिहिबार बाट सुरु हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4