Like us on facebook

Advertisements

  • नायक जिवन लुइटेल हिरा संग रोमान्टिक मुडमा

    असार २७ , कलिउड अपडेट ।

    पछिल्लो पटक चलचित्र लेकसाइडमा देखिएका नायक जिवन लुइटेल अहिले चुपचाप छन । नेपाल भन्दा बढि अमेरीकामा बसोबास गर्दै आएका नायक लुइटेल बेला बेला नेपाल आउछन् र एउटा दुइ वटा चलचित्र खेल्छन् अनि पुन लाग्छन् अमेरीका । अमेरिकामा रहेको समयमा उनले म्यूजिक भिडियोमा पनि मोडलिङ गर्दै आएका छन् ।

    यिनै जीवनलाई निर्देशक श्याम भट्टराइले एक म्यूजिक भिडियोमा मोडलिङ गराएका छन् । ‘चोखो छ माया’ बोलको गीतको भिडियोमा जीवनसँग अमेरिकामा नै रहँदै आएकी हिरा मैनालीले मोडलिङ गरेकी छिन् । भिडियोमा अमेरिकाको रमणिय दृश्यलाई कैद गरिएको छ । हिराले अभिनय गरेको यो पहिलो म्यूजिक भिडियो हो । उनले, आफू अब निरन्तर कलाकारितामा लाग्ने समेत बताइन् ।

    गीतमा आस्था राउतको स्वर, हरि लम्सालको संगीत, गोविन्दप्रसाद उपाध्यायको शब्द छ । भिडियोमा अनुप गिरीको छायांकन तथा सम्पादन छ । गीतमा एक यूवतीले एक यूवकप्रति देखाएको चोखो मायाको भावलाई व्यक्त गरिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4