Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • जानी नजानीको कभर भिडियो प्रतियोगिता घोषणा

    कलिउड अपडेट , काठमाडौं ।
    चैत्र १ बाट प्रर्दशन हुने फिल्म ‘जानी नजानी’ को सार्वजनिक गरिएको पहिलो गीत ‘एउटीलाई मुटुमा घर…’ ले यतिबेला चौतर्फि तारिफ बटुलि रहेको छ । यहि गीतको कभर भिडियो प्रतियोगीता निर्माण टिमले बिहिबार घोषणा गरेको छ । काठमाडौंको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट आयोजना गर्दै सो घोषणा गरिएको हो ।
    अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन पोखरेल र दुर्गा खरेलको छ । यो गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ । कविराज गहतराजले कोरियोग्राफ रहेको यो गीतको भिडियोमा मनिष र सुमीसँगै डेब्यु नायिका निरिशा बस्नेतलाई पनि देख्न पाईन्छ ।

    यो गीतको कोभर भिडियो कम्तीमा एक मिनटको हु्नु पर्नेछ । त्यन्दा माथि चार मिनटसम्मको भए पनि फरक नपर्ने यसको निर्माता रोशनी केसीले बताईन् ।
    ‘उत्कृष्ट कभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्मार्ट टिभी, दोश्रो हुनेले रोवाकै फाईभ पइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुन्ज क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् ।’ यो चलचित्रका निर्देशक बसन्त अधिकारीले भने । ‘भिडियो यही २० फागुनभित्र वबलष्लबवबलष्द्दण्ज्ञड२नmबष्।िअयm मा पठाईसक्नु पर्नेछ ।’
    यो प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई डिआईडी सिजन २ का उत्कृष्ट १० मा पर्न सफर नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर ले चयन गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वस आफुले गरेको उनले बताए । अभिनेता मनिषले पनि यो प्रतियोगिताले धेरैलाई आफुहरुसँग जोडिन सघाउने बताए ।
    निर्माता रोशनीका अनुसार फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसैफिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन । यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको छ । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।
    फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4