कलिउड अपडेट ।
चलचित्र बास्तुशाष्त्र मा खलनायक भएर अभिनय गरेका तथा चलचित्र रणबिरमा सहनायक भएर काम गरेका कलाकार जगदिश रिजाल गायन तिर पनि मोडिएका छन् । केहि दिन अघि मात्र उनको आवाज रहेको बालै फरर बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा उनलाइ उषा मलाह ले साथ दिएकि छिन् ।
सानै देखि गीत गाउने र अभिनय गर्ने रहर लाइ साकार पार्दै रिजालले रमाइलो प्रकारको गीत ल्याएका छन् । बिकाश चौधरीको संगीत मा तयार यस गीतलाइ सुदिप रिजालले लेखेका हुन् । संगीतकार चौधरी गायक रिजालको पहिलो गीत भए पनि गीत राम्रो बनेको बताए । गीतको अफिसियल म्यूजिक भिडियो चाडै सार्वजनिक गरिने गायक रिजालले बताएका छन् ।