Like us on facebook

Advertisements

  • चलचित्रकर्मि द्धारा समस्या चाडो समाधान गर्न चर्को दवाव, १४ गते मानव साङ्लो

    मंसिर ९ , कलिउड अपडेट ।
    चलचित्रकर्मि राष्ट्रिय जागरण अभियान अन्र्तगत हिजो बिशाल र्याली को आयोजना गरेको थियो । नाकाबन्दि र अभावै अभावको यो बिसम परिस्थिती चाडो समाधान गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गर्न यस अभियान को आयोजना गरिएको संयोजक हरिहर शर्माले कलिउड अपडेट लाइ जानकारी गराएका छन् ।
    jagaran-ryali
    हिजोको बृहत र्यालीले सम्वन्धित निकायलाइ घच्घच्याएको भन्दै सरकारी पक्ष र आन्दोलनरत पक्ष दुवै लचिलो भइ सहमतिमा आउन आग्रह गरेकोछ । चलचित्रकर्मिले केहि दिन अगाडि प्रधानमन्त्रि केपि शर्मा ओलीलाइ भेटी ज्ञापन पत्र बुझाएका थिए । भेटमा प्रधानमन्त्रि ओलीले केहि दिनमा नै सवै समस्या समाधान हुन्छ भनी आश्वाशन पाएको यस अभियानको सदस्य सचिव केपि पाठक बताउछन् ।
    जनता भोकले मर्न लाग्दा पनि चिया पिउनमात्र बार्तामा बसे जस्तो नगरी एउटै स्थानमा बसि , त्यहि खाना खाइ यो समस्या लाइ बार्ता बाट समाधान गर्न पनि चलचित्रकर्मिहरुले अनुरोध गरेका छन् । नाकाबन्दि बिरुद्ध तथा सरकारलाइ दवाब दिनको लागि १४ गते सिंहदरवार देखि पुलचोक सम्म मानव सांङलो बनाएर सांकेतिक रुपमा बिरोध गर्ने संयोजक शर्माले जानकारी गराएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4