कलिउड अपडेट । किशन अर्यालले निर्देशन गरेको गीत ‘जाली माया’ सार्वजनिक भएको छ । गीतमा अभि जिसीको स्वर रहेको छ ।
गायक अभिले नै शब्द र सङ्गीत भरेको छ । गीत ‘जाली माया’मा सङ्गीत संयोजन योगेश काजीको रहेको छ ।
गीतको भिडियोमा रोहित जिसी र रविना भण्डारीको अभिनय रहेको छ । भिडियोलाईं मुकेश हुमागाईंले छायाँकन छ भने प्रकाश एसकेले सम्पादन गरेका छन् । चलचित्रमा सहायक निर्देशन र विभिन्न म्युजिक भिडियोमा निर्देशन गरेका निर्देशक किशनद्धारा निर्देशित यो पछिल्लो म्युजिक भिडियो हो । फिचरिङमा रहेका रुपन्देहीको मुर्गियाका अभीको सार्वजनिक यो पहिलो गीत हो ।