Like us on facebook

Advertisements

  • अमेरिकन बाबु निर्देशकको नया म्युजिक भिडियो रिलिज

    कलिउड अपडेट ।

    अमेरिकन बाबु मेड इन नेपाल” का निर्देशक इश्वर थापा को क्यानाडामा छायांकन भएको नया म्युजिक भिडियो “आज तिमि मलाइ” हालै सार्वजनिक भएको छ, उक्त गीतमा पुराना मोडेल कलाकार उद्धब मौसम का साथै मा नया प्रतिभा मोडेल अनुषा अधिकारीले डेब्यु गरेकी छिन । अनुषाले न्यू योर्कमा आयोजित मिस नेपाल अमेरिका २०१८ मा भाग लिएर “कम्युनिटी आउटरिच” टाइटल जितेकी थिइन् । ” अनुषा एउटा राम्रो नायिका हुने सम्भावना देखेको छु” नेपाल र अमेरिकामा दर्जनौ कलाकार डेब्यु गरिसकेका निर्देशक इश्वर थापा भन्छन ।

    नया म्युजिक भिडियो “आज तिमि मलाइ” गीत गायक गायिका सुरज कुमार थापा र बानीका प्रधान हुन् भने संगीतकार नारायण ओली र रचनाकार राखी गौचन हुन् ।  सो नया म्युजिक भिडियो “आज तिमि मलाइ” का छायाकार, निर्देशक र सम्पादक इश्वर थापाले नै गरेका हुन् त्यसै गरि सहायक निर्देशक आयुष अधिकारी, द्रोण गेरी र मेकअप रे किरणको रहेको छ| अमेरिकन बाबु मेड इन नेपाल का निर्देशक इश्वर थापाको चलचित्र न्यु योर्क मा भब्य प्रदर्शन पश्चात काठमाडौँ मा पनि स्पेशल शो आयोजना गरिएको थियो । फिल्म हेर्ने दर्शकले निर्देशकको निर्देशकिय क्षमताको तारिफ गरेका थिए ।
    हेरौ निर्देशक थापाको निर्देशन रहेको यो म्यूजिक भिडियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4