कलिउड अपडेट ।
असोज २१ गते देखि प्रर्दशनमा आउने चलचित्र किस्मत २ को बारेमा कलिउड अपडेट डट कमले गरेको कुराकानि ।
धन्यवाद दयाराम जी
असोज २१ आउन धेरै दिन छैन, व्यस्तता बढेकै छ ।
म निर्देशक हुँ , मलाइ मन पर्ने बिषयबस्तु माथि कसैले फिल्म बनाउनु पर्यो भनिन्छ भने म सदैव तयार हुन्छु । मैले बनाउने फिल्ममा मानबिय संवेदना हुन्छ , परिवार , प्रेम सम्बन्ध , द्धन्द , हसाइ , रुवाइ भित्र पनि मानबिय संवेदना लुकेको हुन्छ । यसर्थ यो फिल्म किस्मत २ पनि प्रचुर मात्रामा मानबिय संवदेना लुकेको छ ।
त्यो किस्मत र यो किस्मत २ बिच कथाबस्तुको आधारमा भन्ने हो भने कुनै लिङ्क छैन , कलाकार नयाँ , निर्देशक नयाँ , कथाबस्तु नयाँ मात्र निर्माता छबि बा पुरानो हो । त्यो किस्मत र यो किस्मत मा एक प्रकारको संवेदना चै पक्कै मिल्छ । अर्को कुरा मेरो आदरणिय दाइ उज्वल घिमिरे संग मैले निर्देशन गरेको फिल्म तुलना गर्न मिल्दैन । उहाँ म भन्दा धेरै माथि को निर्देशक हो । यो टाइटलले मात्र सिक्वेल हो ।
किशोर खतिवडा चलचित्रको नायक , नयाँ अनुहार पृथ्वीराज प्रसाइ को काम नयाँ कलाकार को जस्तो छैन । शिल्पाको कुरा गर्नु पर्दा आज भन्दा ३० बर्ष पहिलो जोमसोम बाट मुक्तिनाथ जाने सडक थिएन त्यो बेला घोडामा जोमसोम बाट यात्रु घोडामा राखेर मुक्तिनाथ लैजाने गरिन्थ्यो तर सडक निर्माण पछि ति घोडा चलाउनेहरु को व्यावसाय सुक्यो , अनि सुरु भया पिडा। त्यहि घोडा चलाएर जिबिका चलाउनेहरुको परिवारको सदस्यको रुपमा शिल्पाले प्रतिनिधि पात्रको रुपमा अभिनय गरेकि छिन् । त्यो पिडादायक जिन्दगी देखि काठमाण्डौको सम्भ्रान्त महल सम्मको क्यारेक्टर शिल्पाले निर्बाह गरेकि छिन् । समग्रमा भन्नु पर्दा शिल्पाले सम्भ र भव्य काम क्यारेक्टर निर्बाह गरेकि छिन् ।
तपाइले जति थाहा पाउनु भएको छ मैले पनि त्यति नै थाहा पाएको हुँ । अव त मलाइ के लाग्छ भने छबि बा हामि सवै बा नै भन्छौ त्यसैले शिल्पालाइ चाडै आमा भन्न पाइयोस अथवा शिल्पालाइ म बहिनी मान्छु छबि बा लाइ चाडै ज्वाइ भन्न पाउँ । तर भित्रै बाट भन्नु पर्दा यो हल्ला सिनेमा चलाउनकै लागि मात्र चाहि पक्कै नहोला ।
अन्त्यमा भन्नु पर्दा किस्मत २ धरै मेहनतका साथ बनाएको फिल्म हो । दशैमा परिवारका सवै सदस्य बसेर हेर्न मिल्ने एक पारिवारीक चलचित्र हो । हाम्रो मेहनतलाइ हलमा गएर हेरेर प्रतिकृया दिनु हुन्छ भन्ने मैले बिश्वास लिएको छु । साथै सम्पूर्ण दर्शकलाइ दशैको धेरै धेरै शुभकामना पनि व्यक्त गर्दछु ।