Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • ‘मुम्बइमा फिल्म कहाँ सुटिङ हुन्छ भनेर थाहा पाउन मात्र ६ महिना लाग्यो’:बाबुराम ढकाल(निर्देशक)

    चितवन जिल्लामा जन्मिएका निर्देशक बाबुराम ढकाल सानै देखि नाटक , अभिनय तथा नृत्यमा रुचि राख्ने गर्दथे । राजेश हमालको पहिलो चलचित्र युग देखि युग सम्म पहिलो पटक हलमा गएर हेरेका उनि चलचित्रको बारेमा बुझ्न थाले देखि नै निर्देशक बन्छु भन्ने सोचिसकेका थिए । निर्देशक बन्न काठमाण्डौ छिरेका उनि हाल एक सफल निर्देशकको रुपमा परिचित छन् । हाल सम्म उनल धेरै सिरियल संगै पर्खिराख है , दुलहि , नाइन ओक्लक र तिन घुम्ति चलचित्र निर्देशन गरिसकेका छन् । प्रस्तुत छ कलिउड अपडेट ले उहा संग गरेको कुराकानि ।
    baburam dai

    बाबुराम जि स्वागत छ कलिउड अपडेट मा

    धन्यवाद दयाराम जि

    अहिले व्यस्तता के मा ?

    अहिले चलचित्र तिन घुम्तिको रिलिज तयारीमा नै व्यस्त भन्नु पर्यो किनकि चलचित्र चैत्र १४ गते देखि प्रर्दशनमा आउदैछ ।

    तिन घुम्ति त बिदेशमा धेरै शो गरि सक्नु भयो क्यारे ?

    हामिले चलचित्र तिन घुम्तिलाइ यूकेका बिभिन्न शहरमा हरुमा देखाइ सकेका छौ । अहिले सम्म हामिले त्यहा १२ वटा शो गरिसकेका छौ ।

    तपाइले त बलिउडमा पनि काम गसिसक्नु भएको छ , कसरी पुग्नु त्यहाँ ?

    चितवन बाट काठमाण्डौ आए पछि मैले धेरै फिल्म मेकर संग भेट गरे , उहाहरुलाइ आफ्नो इच्छा चाहना पनि सुनाए , त्यहि बेला एक जनाले मलाइ मुम्बइ जाने सल्लाह दिनु भयो । मुम्बइमा गएर धेरै कुरा सिकिन्छ भन्ने हेतुले म मुम्बइ लागे तर त्यहा पुगेर मात्र आफ्नो लक्ष्यमा पुग्न सक्ने कुरै थिएन । फिल्म कहा सुटिङ हुन्छ भनेर थाहा पाउन मात्र ६ महिना लाग्यो । बिस्तारै म बालाजि टेलिफिल्मस् संग नजिक हुन पाए । त्यहा पोष्टप्रोडक्सन इन्चार्जको रुपमा आज पनि रबि चन्द्र भट्टराइ हुनुहुन्छ , उहाले मलाइ केहि सिरियलहरुमा एसिस्टेन्ट डाइरेक्टरको रुपमा प्रवेश गराइदिनु भो , दिनभर सुटिङ सेटमा काम गरे पनि रातभर म इडिटिङमा पनि बस्ने गर्थे , जस्ले मलाइ आफ्नो लक्ष्यमा पुग्न चाडो सहयोग पनि गर्यो पछि मलाइ त्यहा एसिष्टेन्ट इडिटर पनि बनाइयो ।

    के के सिक्ने मौका पाउनु भयो त्यहा ?

    हेर्नुस मेरो लागि बालाजि टेलिफिल्म एउटा महा बिधालय नै हो । त्यहा मैले एक निर्देशकले जान्नु पर्ने हरेक कुरा सिक्ने मौका पाए । जस्तै सुटिङ कसरी गर्नु पर्छ , सुटिङको भाषा कस्तो हुन्छ , स्कृप्टलाइ पर्दामा कसरी उतार्न सकिन्छ , इडिटिङ को बारेमा आदि इत्यादि कुरा सिक्ने मौका मैले त्यहा पाए ।

    बलिउडमा जान यहाँ धेरै व्यक्ति लालायीत हुन्छन् तर तपाइ फर्किनु भयो किन ?

    म ५ बर्ष मुम्बइ बसेर नेपाल फर्किए , साहेद अझै बसिन्थ्यो पनि होला त्यो समयमा कान्तिपुर टिभिले बालाजि टेलिफिल्मस्मा एउटा सिरियल बनाउने प्रस्ताव पठायो । उक्त प्रस्ताव रबि चन्द्र भट्टराइको मार्फत नै आएको थियो । नलेखिएको साइनो नामको मेघा सिरियल बनाउन मलाइ मुम्बइ बाट निर्देशकको रुपमा र स्कृप्टराइटरको रुपमा नेपाल पठाइयो , त्यो सिरियल प्रसारण हुदै गर्दा नेपाल टेलिभिजन बाट अर्को सिरियल खुसि पलभरको को लागि अफर आयो । त्यस पछि चलचित्रको लागि धेरै निर्माताहरुले अफर पनि गर्नु भएको थियो । मलाइ निर्देशक बन्नु थिए , सिरियल मा निर्देशक भइसकेको अवस्थामा मलाइ फर्केर मुम्बइ जान मन लागेन त्यसैले आज सम्म नेपाली फिल्म क्षेत्रमा निरन्तरता दिइरहेको छु ।

    baburam dhakal

    नेपाली चलचित्रमा चाहि कसरी प्रवेश भयो ?

    सिरियल गर्दा गर्दै मेरो भेट दिल श्रेष्ठ संग भयो । उहा संग काम गर्दा सजिलो हुने ठानेर चलचित्र पर्खिराख है निर्देशन गरे उहाले मलाइ बिना कम्प्रमाइज फिल्म निर्देशनको बाताबरण मिलाइदिनु भयो ।  तर पर्खिराख है को पोष्ट प्रोडक्सनको समयमा निर्माता श्रेष्ठ बाहिर जानु भयो । त्यहि समयमा चलचित्र दुलहि निर्देशन गरे जुन चलचित्र लगातार छायांकन भइ चाडै प्रर्दशनमा आयो पनि । मेरो निर्देशनको आधारमा भन्ने हो भने पर्खिराख है पहिलो चलचित्रहो तर रिलिजको हिसावले चाहि दुलहि पहिलो चलचित्र भन्छु ।

    बाबुराम ढकालका फिल्ममा कुन बिषय लाइ प्राथमिकता दिइन्छ ?

    मैले अघि पनि भने कि बालाजि फिल्मस्मा मैले लामो समय काम गरे त्यहा नारि संवेदना का सिरियल बढि निर्माण हुन्थे । नेपाल आए पछि पनि नारि संवेदनाकै भाव बोकेका सिरियल निर्देशन गरे  । अनि फिल्मको कुरा गर्दा पर्खिराख है , दुलहि , नाइन ओक्लक मा पनि नारि संवेदना नै देख्न सकिन्छ । अव रिलीज हुने चलचित्र तिन धुम्ति मा पनि एक नारि पात्रलाइ नै मुख्य भुमिका मा देख्न सकिन्छ ।

    चलचित्र तिन घुम्ति चैत्र १४ बाट प्रर्दशन हुदैछ , यो चलचित्र बाट बाबुराम ढकालको फिल्मी यात्राको स्पिड बढ्ला कि नबढ्ला ?

    स्पिडमै त नजाला तर तिन घुम्ति पछि चलचित्र दुलहि २ को तयारी गरिरहेको छु । जुन चलचित्र जेठ बाट फ्लोरमा जादै छ ।

    हवस् हामिलाइ समय दिनु भयो धेरै धेरै धन्यवाद

    पाठक माझ मेरो बारेमा धेरै कुराहरु पुर्याइदिनु भएकोमा यहालाइ पनि धेरै धेरै धन्यवाद ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4