पुस २५, कलिउड अपडेट ।
पछिल्लो समयको व्यस्त नायक आर्यन अधिकारीले के म तिम्रो होइन र पछि आधा दर्जन जति चलचित्रको अभिनय गरीसकेका छन् । रिलिजको हिसावमा दोश्रो चलचित्र यहि पुस २८ गते बटरफ्लाइ रिलिज हुदैछ । व्याकटुव्याक फिल्म छायांकन गरिरहेका आर्यनको पहिलो फिल्मको जोडि मरिस्का पोखरेल संग फिल्म नखेल्ने भन्ने हल्ला सिनेमा बृत्तमा सुनिदै आएको थियो । तर आर्यन अधिकारी भने मरिस्का संग आफ्नो कुनै मनमुटाव नभएको बताएका छन् ।
कलिउड अपडेट संग कुरा गर्दै आर्यनले मरिस्का संग राम्रो स्कृप्ट ल्याएर दोहोर्याउन चाहन्छ भने आपूm कुनै पनि समय फिल्म खेल्न तयार रहेको बताएका छन् ।
मरिस्का भन्दा प्रियंका कार्कि संग फिल्म खेल्न सहज भएकाे बताउदै उनि मरिस्का को बारे खुलेरै तारिफ गर्छन् । ओम प्रतिक गुरुङको लेखन निर्देशनमा तयार चलचित्र बटरफ्लाइ ले आर्यनलाइ थप उचाइ दिनेमा उनि ढुक्क छन् । हेर्नुहोस आर्यन संग गरिएको कुराकानि