जेठ ५ , कलिउड अपडेट ।
नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र संघको संयुक्त आयोजना र अमेरिकी राजदूतावासको पहलमा अमेरिकाबाट नेपाल आउनु भएकी चलचित्र निर्देशक शालिनी कौन्तेय र नेपाली चलचित्रकर्मीहरु बीच एक अन्तरक्रिया कार्यक्रम आज नेपाल चलचित्र संघको कार्यालयमा सम्पन्न भएको छ ।
उक्त अन्तरक्रियाबाट अमेरिकामा नेपाली चलचित्रलाई पहिचान गराउन लागि के कस्तो सहयोग हुन सक्छ र अमेरिकामा नेपाली चलचित्रको बजारलाई कसरी विस्तार गर्न सकिन्छ बारेमा छलफल भएको थियो ।
उक्त कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष श्री कृष्ण मल्ल, नेपाल चलचित्र संघका अध्यक्ष श्री प्रदीप कुमार उदय, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष श्री सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष श्री आकाश अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रामकेशर बोगटी, निर्देशकहरु श्री विश्व बस्नेत, श्री उज्वल घिमिरे, श्री के पी पाठक, श्री राजेन्द्र शलभ, श्री यम थापाका साथै बरिष्ठ कलाकारहरु श्री भुवन चन्द, श्री बसुन्धरा भुसाल, श्री सुनिल थापा तथा नेपाल चलचित्र संघका कोषाध्यक्ष श्री गोपालकाजी कायस्थ लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।