स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको अभिनित फिल्म ‘ईन्द्रावती’को ट्रेलर सार्वजनिक गरिएको छ ।बर्षौं पहिले निर्माण भएको यो फिल्ममा श्रीकृष्ण र पुरानी अभिनेत्री विपना थापा लिड रोलमा छन् । । ट्रेलर रिलिजसँगै निर्माण टिम प्रदर्शनको तयारीमा जुटेको छ । चैत्र १९ गतेबाट फिल्म दर्शकमाझ ल्याईने बताईएको छ ।
उपदिप फिल्मस् को व्यानरमा बनेको यो फिल्मलाई बद्री अधिकारीले निर्देशन गरेका छन् । फिल्मको कथा पनि अधिकारीको नै हो । फिल्ममा संगीत सम्भुजित बाँस्कोटाको छ । फिल्ममा श्रीकृष्ण र विपनासँगै रजनी राना, उपेन्द्र तिमल्सीना,जयन्नंद चंद ठाकुर,देशभक्त खनाल,विष्णु भक्त फुंयाल लगायतको अभिनय छ ।