माघ १३ , कलिउड अपडेट ।
‘अर्न्तराष्ट्रिय कलाकार मञ्च यूरोप’को प्रस्तुतीमा ‘नेपाल बेल्जियम फ्रेन्डसिप एसोसियसन र अर्न्तराष्ट्रिय कलाकार मञ्च नेपाल ’को संयुक्त आयोजनामा ‘अर्न्तराष्ट्रिय कलाकार मञ्च सम्मान २०७१’को आयोजना २६ सेप्टेम्बर २०१५ का दिन गर्न लागिएको छ । उक्त अवार्डमा बिभिन्न १५ बिधामा अवार्ड बितरण गरिने छ । अवार्ड विधाको संख्या केही बढ्न सक्ने अर्न्तराष्ट्रिय कलाकार मञ्च सम्मान २०७१ बेल्जियमका लागि अर्न्तराष्ट्रिय कलाकार मञ्च नेपालका कार्यक्रम प्रमुख प्रदिप उदयले कार्यक्रम सन्चालन गर्दै जानकारी दिएका छन् ।
अवार्डका लागि छनोट गरिएका विधाहरुमा उत्कृष्ट गायक सम्मान, उत्कृष्ट गायिका सम्मान, नेपाली संगीत विशेष योगदान(अन्तरराष्ट्रिय) सम्मान, नेपाली चलचित्र विशेष योगदान सम्मान, नेपाल सेवा सम्मान, उत्कृष्ट नृत्य निर्देशक सम्मान, उत्कृष्ट खलनायक सम्मान, उत्कृष्ट हाँस्य कलाकार सम्मान, उत्कृष्ट गीतकार सम्मान, उत्कृष्ट संगीतकार सम्मान, उत्कृष्ट चलचित्र सम्मान, उत्कृष्ट निर्देशक सम्मान, उत्कृष्ट नायक सम्मान, उत्कृष्ट नायिका छन् । अवार्ड कार्यक्रममा लागि नेपालबाट २५ जनाको टोली ५ दिनका लागि बेल्जियम जानेछ । अवार्ड प्राप्त गर्ने फिल्मीकर्मीलाई १ महिनासम्म यूरोपमा आयोजना हुने विभिन्न सांकृतिक कार्यक्रममा समेत सहभागी गराइनेछ ।
मा २ जना असक्त प्राविधिकलाई नगद सहयोग गरियो । प्राविधिकद्धय सन्तु गुरुङ र महानन्द चौधरीलाई २६–२६ हजार नगद सहयोग गरिएको हो । अवार्डको बारेमा जानकारी गराउन आयोजना गरिएको प्रेम सिट मा २ जना असक्त प्राविधिकलाई नगद सहयोग गरियो । प्राविधिकद्धय सन्तु गुरुङ र महानन्द चौधरीलाई २६–२६ हजार नगद सहयोग गरिएको छ ।