कार्तिक १० , कलिउड अपडेट । फिल्म हुर्रेको फस्टलुक पोष्टर आउट भयेको छ । सार्वजनिक फस्टलुक पोष्टर मार्फत पात्र परिचय गराइएको छ । पोष्टरमा फिल्मका कलाकारहरु अनुप विक्रम शाही , विजय बराल , केकी अधिकारी , राजाराम पौडेल , अंकित खड्का देखिएका छन् । यी सबै कलाकारको फिल्मी लुकलाई पनि पोष्टरमा देख्न सकिन्छ ।
कमेडी जनरको फिल्ममा लेखन तथा निर्देशन यम थापाको रहेको छ । दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’ मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको फिल्ममा सह निर्माताको रुपमा अरुण सेदाई रहेका छन् । फिल्मको सार्वजनिक फस्टलुकमा अनुप अन्य फिल्म भन्दा केहि भिन्न देखिएका छन् ।