Like us on facebook

Advertisements

  • २५ दिनमा सकियो ‘हाउ फन्नि’

    पौष २३ , कलिउड अपडेट ।
    गत मङ्सिर २० बाट छायांकन प्रारम्भ भएको फिल्म हाउ फन्नीको छायंकन सकिएको छ । फिल्मको छायंकन २५ दिनमा सकिएको हो । हिजो आइतवार साझ फिल्मको इन्ड क्ल्याप भएको हो । तथापी फिल्मको ३ गीतको छायंकन अझै गर्न बाकी रहेको छ । मौसमको कारणले गर्दा हमिएले एउटा गीत र सम्पूर्ण सिन सकाएता पनि फिल्मको ३ गीत भने बाकी नै छ निर्देशक निलु डोमा शेर्पाले बताइन । शर्ट फिल्मको निर्देशन गरेता पनि फिचर फिल्मको निर्देशनमा डेब्यु रहेको निलुले भनिन  सबैले साथ् दिदा काम गर्न निकै सजिलो हुदो रहेछ । हामी सेटमा नहासेको दिन नै भएन । सायद फिल्मको नामले गर्दा पनि यस्तो भएको होला । साथै हाम्रो टीममा जुन हौसला छायांकन अघि थ्यो त्यहि हौसला र जोशले फिल्म सकायौ ।how funny
    अन्तिम दिनको छायंकनमा दयाहाङ राइ, प्रियंका कार्की , केकी अधिकारी उपस्थित थिए । र उनीहरु फिल्मको अन्तिम दृश्यमा अभिनय गर्न व्यस्त थिए । फिल्ममा प्रियंका र केकिलाई जासुसको भूमिकामा देख्न सकिन्छ । फिल्मको छायंकन काठमाण्डौ र थानकोटमा गरिएको हो । यसै फिल्मबाट कार्यकारी निर्मात्रीको रुपमा नेपाली फिल्ममा प्रवेश गरेकी माल्भिकाले पनि टीमवर्क मिल्दा काम गर्न निकै सजिलो भएको बताइन । हामीले जुन आशका साथ छायंकनमा गएका थियौ त्यो पायौ र हामीले सोचेको कुरामा हामी सफल भएका छौ तर सम्झौता नै न गरिएको पनि हैन माल्भिकाले बताइन । साथै फिल्म निर्मात्रीको अनुभव आफ्ना लागि निकै नौलो रहेको समेत बताइन । सुरुमा निकै आतिएको थिए अरुको कुरा सुनेर तर काम गर्दा जादा निकै सहज भयो सबैलाई धन्यवाद , यस्तै सहयोगको अपेक्षा आगामी दिनमा पनि राख्दछौु माल्भिकाले फिल्मको कलाकार , प्राविधिकसंगै मिडियालाई पनि द्धन्यवाद दिईन ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4