भाद्र १० , कलिउड अपडेट ।
निर्माता सुनिल रावलले बिहिबार राजधानिको बिग सिनेमामा चलचित्र होष्टेल रिटन्सको स्पेशल शो आयोजना गर्दै छ दिनको बिजनेश रिपोर्ट सार्वजनिक गरेका छन् ।
चलचित्र ले छ दिनमा १ करोड ४६ लाख ६२ हजार ७ सय ६२ रुपैया ६६ पैसा ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन संगै चलचित्रले लगानि सुरक्षित गरी नाफाको बाटोमा हिडिसकेको पनि निर्माता रावलले प्रष्ट पारे । सुरज भुसाल निर्देशित चलचित्र होष्टेल रिटन्समा शुशिल श्रेष्ठ , अभय बराल , नाजिर हुसैन , शशि श्रेष्ठ , स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।