Like us on facebook

Advertisements

  • ‘हिटलर’ को रोमान्टिक गीत सार्वजनिक

    कलिउड अपडेट ।
    जेठ १२ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘हिटलर’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘खुशीहरु बढ्दै जान्छ’ बोलको गीतको भिडियोलाई आकर्षक तरिकाले खिचिएको छ । रारा तालमा खिचिएको गीतको भिडियो उत्कृष्ट छ ।

    भिडियोमा चलचित्रका मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलालाई फिचरिङ गरिएको छ । कमेडी तथा लभस्टोरी बिषयमा बनेको यो चलचित्रको ट्रेलर भन्दा गीत अगाडि सार्वजनिक गरिएको हो । चलचित्रमा मेनुका प्रधान, ए गुरुङ, दिवस धिताल लगायतका कलाकारको पनि अभिनय छ । सनुप पौडेल र आकांक्षा बस्यालाको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द, लोचन घिमिरेको संगीत छ । चलचित्रमा पटकथा तथा निर्देशक सौरभ ढकालको छ । किचमान चित्रकारको कथा रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन, अरुणराज पौडेलको छायांकन, सूर्य थोकर लामाको एक्सन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ ।

    चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता वुद्ध रत्न मानन्धर, त्रिरत्न मानन्धर, रामविर मानन्धर र मनिराम मानन्धर हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4