माघ ३ , कलिउड अपडेट ।
स्तानबुलमा खिचिएको नेपाली चलचित्र लिलिबिलीको गीत ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको छ । सो गीतमा नायक प्रदीप खड्का र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ । बलिउडमा समेत नदेखिएको मनै लोभ्याउने लोकेशनमा छायांकन गरिएको गितले यतिबेला सर्बत्र तारिफ पाइरहेको छ । तारिफ संगै नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ को जोडिलाइ पनि रुचाइएको छ ।
‘इज इट लभ’ गीतमा प्रताप दाश र मेलिना राईकाे श्वर रहेकेा छ भने एलिश कार्कीको संगीत र राजेश कुमार श्रेष्ठको शब्द रहेको छ । मिलन चाम्सले निर्देशन गरेको लिलिबिलीमा समावेश उक्त गीतले युटुबमा दुई दिनभित्र ६ लाख बढी दर्शकको साथ पाएको छ । फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।